किशोर किशोरीको सवाल र वाल विवाह नियन्त्रण

1016

विश्व स्वास्थ्य संगठन (WHO) को परिभाषा अनुसार १० देखि १९ बर्षका उमेर समुहका मानिसलाइ किशोरावस्था भनिन्छ । नेपाली बृहत शव्दकोषमा ११ बर्ष देखि १५ बर्ष उमेर समुहका लाइ किशोरावस्था उल्लेख गरेको छ, भने नेपालमा १३ देखि १९ बर्ष उमेर समुहका मानिसलाइ किशोरावस्था भनिने गरीएको छ । उनीहरु लाइ नै बोलिचालीको भाषामा किशोर किशोरी भन्ने गरीएको छ ।
किशोरावस्था : किशोरावस्था वाल्य र युवा अवस्था भन्दा निकै भिन्न र जटिल अवस्था हो ।
यो उमेरका मानिसलाइ न बाल्यावस्थासंग जोड्न मिल्छ न त युुवावस्था संग तुलना गर्न मिल्छ । शारीरिक, मानसिक, भावनात्मक, संवेगात्मक, बौद्धिक, सामाजिक, व्यवहारिक रूपले परिवर्तनको दिशामा अग्रसर हुदै किशोर किशोरीहरूले आफुहरु बाल्यकाल पार गरेर अलगै मानिस बन्दै गएको अनुभुती गरीरहेका हुन्छन ।


आफू र आफ्नो संसारलाइ छुुट्टै ढंगले प्रस्तुुत गरेर नयाँ पहिचान बनाउन उत्सुुक किशोर किशोरीहरूले दैनिक जीवनमा धेरै प्रकारका निर्णयहरू समेत लिइरहेका हुन्छन । पुुरै नजान्ने तर अरुले भनेको पनि पुुरै नमान्ने दोधारको अवस्थामा किशोर किशोरीहरु रहेको पाइन्छ ।
किशोरावस्थामा बिभिन्न भावनात्मक परिवर्तनहरु पनि आउने गर्दछन । जस्तै विपरित लिंग प्रति आर्कषण, मन चन्चल, काल्पनिक कुराहरुको सोचाइ , बिद्रोही स्वभाव तथा हरेक कुरामा बहस गर्न अग्रसर हुने ।
किशोरावस्थामा विशेष खालका रुचि, अभिलाषा,प्राथमिकता, आवश्यकता, समस्या, बानी व्यवहार, मनोवृत्ति आदिको सही ढंगले सम्बोधन र व्यवस्थापन भैरहेको नहुन सक्दछ ।
किशोर किशोरीहरूको क्षमता, ऊर्जा, शक्तिको सही परिचालन गरी उनीहरूलाई हरेक क्षेत्रमा समान सहभागी र अवसरको खाचो छ ।
समाज तथा परिवारले किशोर किशोरीको मनोभावना बुुझेर सल्लाह, सुुझाव र सहयोग दिनुुको सट्टा उनीहरुको कमजोरीको बिषयमा मात्रै टिका टिप्पणी गर्ने हुु“दा परिवार र समाजसंग किशोरकिशोरीहरू बीच दुरी बढ्दै जाने खतरा उत्तिकै रहन्छ ।
किशोरकिशोरीहरूलाइ सरसफाइ, विभिन्न रोगहरू, पोषण, एचआईभी तथा एड्स, किशोरावस्थामा हुने शारीरिक तथा मानसिक परिवर्तन र प्रजनन स्वास्थ्यबारे पर्याप्त जानकारी दिन आवश्यक हुन्छ ।
लैंिगक समानता, सामाजिक समावेशीकरणका विषयमा उनीहरु निकै कम जानकार छन । कमजोर आर्थिक अवस्था तथा शिक्षा बाट बन्चित हुनुपर्ने बाध्यताले अहिलेको युगमा किशोर किशोरीहरू अन्यौलमा पर्दै आइरहेका छ ।
नेपालमा किशोर किशोरीको अवस्था : राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा १० देखि १९ बर्ष उमेर समुहका किशोर किशोरीको जनसंख्या करिब २४ प्रतिशत अर्थात ६४ लाखको हाराहारीमा रहेको छ । जसमा किशोरीको संख्या मात्रै ३२ लाख ६४ हजार रहेका छन ।
नेपालको जनसांख्यिक स्वास्थ्य सर्बेक्षण सन २०११ का अनुसार ती किशोरीमध्ये ४० प्रतिशत अर्थात करिव १३ लाख किशोरीहरुको १९ बर्ष अगाडी नै विवाह हुने गरेको छ भने करीव १७ प्रतिशत अर्थात साढे ५ लाख किशोरीहरु १९ बर्ष नपुग्दै आमा बनिसकेको हुन्छन ।


तथ्याकलाइ हेर्दा नेपालका ती किशोरी मध्ये ७५ प्रतिशत किशोरी आमाहरुले कुनै न कुनै स्वास्थ्य समस्या भोग्दै आएका छन भने ६ प्रतिशतले परिवार नियोजनको साधन प्रयोग गर्दैनन । ३५ प्रतिशत किशोरीहरुले विवाहको कारण पढ्न छाड्ने गरेका छन । पहिलेको मध्यमान्चल क्षेत्रमा १० बर्षभन्दा कम उमेरमा विवाह गर्नेहरुको सख्या ४७ हजार ९२ छ भने १० देखि १४ बर्षको उमेरमा विवाह गर्नेको संख्या चार लाख ९७ हजार ५ सय ३ रहेको पछिल्लो जनगणनाको तथ्याकले देखाएको छ । त्यसमा मध्य तराइका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी धनुषा लगाएतका जिल्लाहरुमा वालविवाह बढी हुने गरेको छ
नेपालमा किशोरकिशोरीको ठूूलो सख्या लागूऔषध तथा मादकपदार्थ दुुव्र्यसन, आपराधिक क्रियाकलाप, यौनअपराध मा फस्दै गएका छन । किशोर किशोरीहरुको एउटा ठुलो जमात नै बिधालय तहको परिक्षामा अनुपतर्ण हुदा उनीहरु थप अलमलमा पर्दै आएको देखिन्छ । प्रदेश सरकारले बेटीपढाउ , बेटी बचाउ भन्ने नाराका साथ बिभिन्न कार्यक्रमहरु आठै जिल्लामा संचालन गरीरहेको छ । स्थानिय तहले पनि आ आफ्नो तहमा बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
रौतहटको अवस्था : रौतहट जिल्ला सुगम भएपनि शिक्षा, स्वास्थ्यका साथै मानव बिकाश सुचाकको आधारमा नेपालका अन्य जिल्लाहरु भन्दा धेरै पछाडी परेको जिल्ला हो ।
पछिल्लो जनगणना अनुसार ६ लाख ६ हजार ७ सय २२ जना जनसख्या रहेको यस जिल्लाका गरिब, दलित तथा सिमान्तकृत समुदायका किशोरकिशोरीहरू बढी पिडित छन । रौतहटमा एकलाख ५६ हजार करिव किशोरकिशोरीहरु रहेको जनगणनामा उल्लेख छ । बिभिन्न सरकारी तथा गैरसरकारी सस्थाले गरेको सर्वेक्षणमा केहि बर्ष अघि सम्म ५० प्रतिशत भन्दा माथी वालविवाह हुने गरेकोमा सन २०१५ मा ४० प्रतिशतको हाराहारीमा वाल विवाह हुने गरेको तथ्याक छ । पछिल्लो बर्षहरुमा त्यो तथ्याकहरु घट्दै गएको सरोकारवालाहरुले बताउदै आएका छन । पालनपोषणमा खर्च हुने , छोरी ठुलोहुदा सम्म विवाह नगर्दा समाजले नराम्रो दृष्टिले हेर्ने , ठुलो भएपछि बढी दाइजो दिनुपर्ने जस्ता कारण देखाउदै सानै उमेरमा छोरीको विवाह गरिदिने चलन छ । जनगणना अनुसार रौतहटमा १० बर्ष भन्दा कम उमेर समुहमा विवाह गर्ने दुइहजार ९४ जना वालिकाहरु रहेका छन भने १० देखि १४ बर्ष उमेरमा विवाह गर्ने किशोरीहरुको सख्या मात्रै ३५ हजार ६ सय ६ रहेको छ । डोम, चमार ,मुसहर लगाएत दलित समुदायमा छोराछोरीको १० बर्ष नपुग्दै विवाह गरीदिने चलन छ त्यो चलनमा केही कमी आएपनि अझैपनि त्यस्ता विवाह हुने गरेको छ । अधिकांश छोरीहरुको १५ देखि १ बर्ष भित्रै बिवाह हुने गरेको पाइन्छ । जिल्लामा बसोवास गर्दै आएका मुस्लिम समुदायमा पनि वालविवाह बढी नै पाइन्छ ।
मुलुकी फौजदारी कार्यबिधी अपराध संहिताले केटाकेटीको २० बर्ष उमेर पुगेपछि विवाह गर्नुपर्ने जनाएको छ ।
उमेर नपुगी भएको विवाह स्वत वदर हुने तथा कसैले उमेर नपुगि विवाह गरे वा गराइदिए तीन बर्ष सम्म कैद तथा तीस हजार रुपैया सम्म जरीवानाको व्यवस्था रहेको छ ।
रौतहट जिल्लामा धेरै किशोरकिशोरीहरु बिधालय वाहिर छन । वालविवाह, गरीवी, छुवाछुत, छोराछोरीमा बिभेद, शिक्षा, स्वास्थ्यबाट बन्चित, घरेलु हिंसा लगाएत अन्य समाजीक कुरीतीका कारण किशोरकिशोरीहरु पिडित छन । किशोरकिशोरीहरुमा आत्मवल, आत्मविश्वास, सामाजीक जागरण तथा जीवनयापनसंग सम्बन्धित विभिन्न सीपहरूको अभाव छ । मानवअधिकार, स्वास्थ्य र पोषणबारे चेतना नहुनु ,आयआर्जनका क्रियाकलापको लागी अवसर कमहुनु , खाद्यान्न, सुरक्षित पानी तथा सरसफाइको अवस्था उनीहरुको परीवारमा निकै दयनिय छ । रोजगारीको नाममा जोखिमपुर्ण काममा तथा घरेलु कामदारका रुपमा जिल्लाबाट बर्षैनी सयौ किशोरकिशोरीहरु भारतको बिभिन्न शहरहरुमा जान बाध्य छन ।
इच्छा बिपरीत थाहै नपाइ सानैमा विवाह गरीदिदा पछि विवाह भएको घर जान नमानेर समस्या आएको पनि घटनाहरु छन ।
दाइजोका कारण किशोरीहरु हिंसा मा पर्नुका साथै जिउदै जल्न बाध्य हुने गरेका छन । १४ बर्षमा आमा र ३०- ३२ बर्षको उमेरमा हजुरआमा बन्ने गरेको यथार्थता यस जिल्लामा छ ।
२० बर्षका युवतीहरुले २ देखि ३ वटा सम्म बच्चा जन्माइ सकेका पाइन्छ ।
पछिल्ला बर्षहरुमा वालवालिकाका तथा किशोरकिशोरीको समग्र बिकाशका लागी कार्यक्रमहरु संचालनमा रहेपनि अझै प्रभावकारी हुन नसकेको तथा जिल्लाका सवै बस्तिहरुमा त्यस्ता कार्यक्रमहरु पुग्न सकेको छैन ।
आमसंचार माध्यमहरुले पनि किशोरकिशोरीहरुको सवालमा पर्याप्त बिषयहरु बाहीर ल्याउन सकेको अवस्था छैन ।


प्रयासहरु : जिल्लामा किशोरकिशोरीको सवालमा केहि प्रयासहरु भैरहेका छन । नेपाल सरकारका निकायहरु , प्रदेश सरकार , स्थानिय तह ले प्रत्यक्षरुपमा तथा अन्य सरकारी कार्यालयहरुले अप्रत्यक्ष रुपमा सो क्षेत्रमा कार्यक्रमहरु संचालन गर्दै आएका छन यस्तै अन्र्तराष्टिय गैरसरकारी सस्थाहरुको सहयोगमा दर्जनौ गैर सरकारी सस्थाहरुले जिल्लामा कार्यक्रमहरु संचालन गरीरहेका छन । अधिकास टोल तथा वडाहरु वाल विवाह मुक्त गरीएका छन । तर त्यो व्यवहारमा नै देखीनु पर्ने आवाजहरु उठ्न थालेका छन ।
किशोरकिशोरीहरुको जीवनसंग सम्वन्धित विभिन्न विषयहरुमा चेतना अभिवृद्धि गराई आधारभुत साक्षरता, व्यवसाय तथा जीवन उपयोगी सीपको माध्यमबाट उनीहरुलाइ आत्मनिर्भर बनाई समग्र बिकाश गर्ने उदेश्य ले कार्यक्रमहरु संचालनमा छन ।
कार्यक्रमले वालविवाह, दाइजो प्रथा, लैगिंक विभेद, चेलिवेटी बेचविखन बिरुद्ध तथा किशोरावस्था, सरसफाई, बचत तथा ऋण , आयआर्जन, स्थानीयस्तरका सेवा प्रदायक सरकारी तथा गैर सरकारी निकायहरू, मानवअधिकार, वालअधिकार, समाज र देश प्रति नागरिकका जिम्मेवारी, प्रजनन स्वास्थ्य, प्राथमिक स्वास्थ्यका बिषयमा जान्ने बुझ्ने अवसर पाएका छन । जिल्लामा संचालित कार्यक्रमले किशोरकिशोरीहरु मा सकारात्मक प्रभावहरु समेत परेका छन ।
जस्तै लाज, डर हट्दै गएको । आफना कुराहरु स्पष्टसंग बोल्न र राख्न सक्ने । आफनो भविष्यको लक्ष्य निर्धारण गर्न थालेको । विधालय जान उत्पे्ररणा मिलेको , वालविवाह,दाइजो प्रथा बिरुद्धमा आवाज उठाउन थालेको । सामाजीक कुरीतीको बारेमा आवाज उठाउन थालेको । प्रजनन स्वास्थ्य , लैगिकता , यौनशिक्षाका बारेमा खुलेर कुरा गर्न सक्ने भएका छन । सरसफाइको बिषयमा जानकारी पाएको , अभिभावकहरु संग आफ्ना समस्याहरु खुलेर राख्न सक्ने भएको , समाज प्रति गर्नुपर्ने जिम्मेवारीको बोध हुदै आएको । व्यवसायिक शिपहरु सिक्दै आएको , अभिभावकहरुमा समेत चेतना बृद्धि भएको पाइन्छ ।
सवै पक्षको उतिक्के जीम्मेवारी रहेकाले किशोर किशोरीहरुको सवालमा अन्य पक्षले पनि निम्न भुमिकाहरु निर्वाह गर्नु पर्ने आवश्यकता देखिएको छ ।
किशोराबस्थामा हुने मानसिक तथा शारीरीक परिवर्तनको बारेमा गा“उगा“उमा छलफल चलाउने । अधिकारको बारेमा जानकारी दिने । उनीहरुले गरेको सकारात्मक कार्यहरुको प्रशसा र प्रोत्साहन गर्ने , सामाजीक कुरीतीको बारेमा जानकारी गराइ रहने । स्वास्थ्य शिक्षाको बारेमा ज्ञान दिने , किशोरकिशोरीहरुमा सकारात्मक व्यावहारीक सोचाइको विकास गराउने । सामाजिक विसंगति, अन्धविश्वासको बारेमा सचेत गराई त्यस्ता समस्याहरु समधानको लागी निर्णय गर्ने क्षमताको बिकाश गराउने । वाल अधिकार,महिला अधिकार र लैंगीक क्षमताको बारेमा समुदायका अभिभावकहरु लाइ सचेत गराउने । अभिभावकहरुलाइ छोराछोरी प्रति पुर्ण जिम्मेवार हुन आग्रह गर्ने । स्थानिय स्तरमा उपलब्ध सेवाहरु र स्थानिय श्रोत साधनको पहिचान गराइ सेवा सुबिधाका बारेमा जानकारी दिने , उनीहरुको प्रतिभा लाइ कदर गर्दै हौसला प्रदान गर्न सकियो भने पनि अहिलेको अवस्थामा देखिएको किशोरकिशोरीका समस्याहरु समाधान गर्दै जान सकिन्छ ।
किशोर किशोरीहरुको समग्र बिकाशको लागी समाजका अगुवा तथा राज्यका निकाय तथा अभिभावकहरु गम्भिर हुनुपर्ने अवस्था आएको छ ।
उनीहरुको बिकाशका लागी संचारमाध्यम , सरकारी तथा गैर सरकारी निकायहरु बिच निरन्तर समन्वय हुन जरुरी छ ।
कतिपय अवस्थामा एउटै क्षेत्रमा कामगर्दै आएका सस्थाहरु बिच नै समन्वय नहुदा समस्याहरु उत्पन्न हुने गरेका छन । किशोर किशोरीहरुको सवाललाई परियोजना मुखी भन्दापनि अभियान मुखी भएर अगाडी बढ्नुपर्ने अवस्था छ ।
(लेखक महत सुप्रिम संचार प्रालीका अध्यक्ष हुन )