लाखौको बजेट बालुवामा पानी हाले जस्तै

356

चन्द्रपुर,१५ असार । चन्द्रपुर नगरपालिकाले संचालन गरेको सामाजीक बिकास अन्र्तगतको लाखौको बजेट बालुवामा पानी हालै जस्तै भएको गुनासो आउन थालेको छ । बिभिन्न संस्थाहरु मार्फत गरेको काम प्रभावकारी नभएको सरोकारवालाहरु समक्ष नपुगेको स्थानियले गुनासो गरेका छन् । अधिकांस संस्थाहरुले चन्द्रपुर नगरपालिकाको सामाजीक फा“टका अधिकृत लाइ आर्थिक प्रलोभनमा पारेर बिलपास गराएको आरोप समेत छ ।

प्रदेश सरकारले बिनियोजन गरेको ३६ लाखमा पछिल्लो महिना बिभिन्न कार्यक्रमहरु गरेको देखाइएको थियो । सामाजीक बिकासको बिभिन्न शिर्षकको कार्यक्रममा अनियमितता भएको भन्दै अख्तियार तथा सम्वन्धित निकायमा उजुरी गर्ने तयारी भैरहेको नाम उल्लेख नगर्ने सर्तमा स्थानीयले जानकारी दिए ।

यस अघिका बर्षहरुमा पनि कागज मिलाएर लाखौंको रकम हिनामिना भएको स्थानीयले आरोप लगा“उदै आएका थिए ।