चन्द्रपुर ,१५ असार। असार १५ राष्ट्रिय धान दिवशको अवसर पारेर चन्द्रपुर ५ मा रहेको माउण्ट एभरेष्ट आवासीय माविले पनि धान रोपाईं कार्यक्रम गरेको छ ।
विद्यालयका करिब ५० विद्यार्थी र शिक्षक—शिक्षिकाहरुले धान रोपरे धान दिवश मनाएको विद्यालयका प्रबन्ध संचालक उमेश बासकोटाले जानकारी दिए ।


१६ औं राष्ट्रिय धान दिवस भएकाले विद्यालयले धान रोप्ने कार्यक्रम गरेको बास्कोटाले बताए । आजकै दिन नेपालभर धान दिवस, रोपाईं यात्रा आदि नामले मनाइदैं छ । आजका दिन असारे भाकामा गाउ“दै छुपुछुपु हिलोमा धान रोपिन्छ ।