ट्र्याक्टरको ठक्करबाट दुुई नाबालकको मृत्युु

366

रौतहट । कटहरिया नगरपालिका–१ भसेढवमा ट्र्याक्टरको ठक्करबाट दुुई नाबालकको मृत्युु भएको छ ।शुुक्रबार अपरान्ह ना६त ३५६७ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा गुुजरा नगरपालिका–६ का आठ वर्षीय छोटेलाल ठाकुर र १२ वर्षीय सन्तोष ठाकुरको मृत्युु भएको प्रहरीले जनाएको छ ।

लालबकैया नदीबाट बालुवा बाकेर तीब्र गतिमा आइरहेको ट्र्याक्टरले दुुई नाबालक सवार साइकललाई पछाडिबाट ठक्कर दिएको हो । छोटेलालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी नायव निरीक्षक आमोदकुमार यादवले बताउनु भयो ।गम्भीर घाइते साइकल चालक १२ वर्षीय सन्तोष ठाकुरको वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा उपचारक्रममा साँझ मृत्यु भएको हो ।