https://janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg
चन्द्रपुर। बिहिबार चपुरबाट हराएको मोटरसाईकल प्रहरीले २४ घण्टा नबित्दै फेला पारेको छ । ना.२४ प.९५८३ नम्बरको होण्डा साईन मोटरसाईकल हराएको सुचना पाउनासाथ खोजीकार्य सुरु गरेको प्रहरीले शुक्रबारै फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण समेत गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सन्तोष पाठकले जानकारी दिए ।

प्रहरीले सवारी धनी पवन चौधरीलाई कार्यलयमा बोलाएर मोटरसाईकल जिम्मा लगाएको प्रमुख पाठकले जानकारी दिए ।
पछिल्लो समय चोरीका घट्ना बढ्दै गएपछि प्रहरीले विशेष निगरानी गर्दै आएको र चोरहरु समातिने क्रम समेत बढ्दै गएको छ ।