राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा पटवाल नियुक्त

435

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा उमेश पटवाल नियुक्त हुनुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले पटवाललाई नेपालको राष्ट्रिय टीमको कोचमा नियुक्त गरेको हो ।उहाँलाई ७ हजार अमेरिकी डलर पारिश्रमिक पाउनेगरी प्रशिक्षकमा नियुक्त गरिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार बिष्टले जानकारी दिनुभयो । पटवालको पारिश्रमिक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले उपलब्ध गराउने छ।

पटवालले जुन १० तारिखदेखि आफ्नो जिम्मेबारी समाल्नुहुनेछ । उमेशले यसअघि युएईमा भएको विश्वकप छनौट प्रतियोगितामा पनि नेपाली टोलीलाई प्रशिक्षण गर्नुभएको थियो ।