यात्रुबाहक बस दुर्घटना,चालकको मृत्यु

1081

बागमती,१७ जेठ। सिन्धुलीबाट सर्लाहीको कर्मैया आंउदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ । ना ३ ख ६६८२ नम्बरको मिनि बस दुर्घटना हुदा बसका चालक चन्द्रपुर १ का ३५ बर्षीय बिरु राईको ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसमा सवार अन्य यात्रुहरु भने सकुसल रहेका छन ।


सिन्धुलीको हरिहरगढी गाउपालिका ६ को महेन्द्र झाडी भन्ने स्थानबाट बस खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । खोलामा खसेको बसको उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।