चट्याङका कारण एकको मृत्यु

577

रौतहट,१७ जेठ । रौतहटमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । जिल्लको मौलापुर नगरपालिका ९ सोनरनियामा चट्याङग लागेर एकजनाको मृत्युु भएको हो ।
बिहिबार राती करीव ८ बजे हावाहुुरी र पानी संगै आएको चट्याङग लागेर सोनरनियाका ४० बर्षिय जयसी पटेलको मृत्युु भएको हो ।


खपडाको छाना भएको घरको छानामा चट्याङग लाग्दा पटेलको घटनास्थलमै मृत्युु भएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिएका छन ।