मजदुर नेता र प्रगतिशील लेखक सम्मानित

437

हेटौंडा– १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसमा प्रगतिशील लेखक संघ, मकवानपुरले आफ्नो पूर्व अध्यक्ष एवम् मजदुर आन्दोलनका अग्रज नेतालाई लाई सम्मान गरेको छ ।

मजदुरहरुको हक अधिकारको निम्ती लामो समयदेखि संघर्ष गर्दै आएका मजदुर नेता ललित बस्नेत र श्रमिक मजदुरको पक्षमा आवाज उठाउने तत्कालीन माओवादीका नेता स्वर्गीय रुद्र पाख्रिनको जीवन साथी राममाया पाख्रिन तथा मजदुर आन्दोलनमा क्रियाशील गोमा तिमल्सिनालाई बुधबार एक कार्यक्रमकाबीच सम्मान गरिएको हो ।

त्यस्तै प्रगतिशिल लेखक संघका पूर्व अध्यक्षहरु सम्राट तुम्बाहाङ्फे, सूर्यचन्द्र न्यौपाने, रमेश मोहन अधिकारी, भोगेन्द्र लुईंटेल र पुरुषोत्तम आचार्यलाई सोही कार्यक्रमकाबीच सम्मान गरिएको छ । संस्थाको अध्यक्ष शान्तिप्रिय वन्दनाको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभाका सांसद विरोध खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जिल्लास्थित विभिन्न साहित्यिक संघ, संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।